काठमाडौं, ६ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीे संघीय संसद्को हिउँदे अधिवेशन आगामी ११ पुसका लागि आह्वान गरेकी छन् ।
अधिवेशनको पुर्वसन्धयामा संसद् सचिवालयका कर्मचारी भने आन्दोलित भएका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
सरकारले तलबबाहेकको भत्ता कटौती गरेको विरोधमा संसद्का कर्मचारी आन्दोलित भएका हुन् ।
उनीहरुले विहात १० देखि अपन्ह ४ बजेसम्म काम गर्दै आएका छन् । तर, आगामी बुधबारको बैठकमा सहभागी हुने नहुनेबारे कर्मचारीहरू टुंगोमा पुगिसकेका छैनन् ।















प्रतिक्रिया