४ कार्तिक २०८३, बुधबार

भैरहवा पुग्यो ईपीएलको क्वालिफायरमा, प्रतियोगिताबाट बाहिरियो चितवन

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ पुष । भैरहवा ग्लाडीयटर्स एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको क्वालिफायरमा पुगेको छ ।

बुधबार भएको इलिमिनेटरको खेलमा चितवन टाइगर्सलाई ४ विकेट हराउँदै भैरहवाले क्वालिफायरमा काठमाडौंसँगको भेट पक्का गरेको हो ।

टियु क्रिकेट मैदानमा चितवनले दिएको १ सय ४० रनको लक्ष्य भैरहवाले १८ ओभर २ बलमा ६ विकेट गुमाएर भेट्टायो । भैरहवाका लागि प्रदीप ऐरीले सर्वाधिक ४२ रन बनाए ।

यसअघि टस हारेर ब्याटिङ गरेको चितवनले पुरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १३९ रन जोडेको थियो । चितवनका दिपेन्द्र सिंह ऐरीले ५६ रन बनाए । भैरहवाका मोहमद नाभिदले ३ तथा अविनाश बोहराले २ विकेट लिए ।

भैरहवाले फाइनल प्रवेशका बिहिबार काठमाडौं किङस इलाभेनसँग खेल्दैछ । बुधबार पराजित भएको भैरहवा प्रतियोगिताबाट बाहिरिएको छ ।

पहिलो क्वालिफायर काठमाडौंलाई हराउँदै ललितपुर प्याट्रियट्स फाईनलमा पुगिसकेको छ ।