४ कार्तिक २०८३, बुधबार

बालाजु अटोवर्कले जित्यो, ग्लोबल ट्रेकफेस्ट २०१८

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ पुस । महिन्द्रा ट्रेकफेस्ट २०१८ अन्तर्राष्ट्रिय प्राविधिक प्रतियोगिता अन्तर्गत व्यवहारिक, सैद्धान्तिक तथा अन्तरवार्ता गरी ३ चरणमा विजेताहरुको छनौट गरिएको थियो ।

डाइग्नोस्टिक विशेषज्ञ, प्राविधिक तथा सर्भिस एडभाइजर गरी ३ विधामा प्रतियोगीहरुको छनौट गरिएको थियो । यस अघि सन् २०१७ मा आयोजित ट्रेकफेस्टमा अग्नि ग्रुपको भगिनी संस्था बालाजु अटोवक्र्सले तीनवटै विधामा पुरस्कार प्राप्त गरेको थियो ।

बालाजु अटोवर्क प्रालिले विभिन्न ३ समूहअन्तर्गत ९ वटा अवार्डहरुमध्ये ३ वटा अवार्ड प्राप्त गर्न सफल भएको छ । अन्य देशका सहभागीहरुलाई पछि पार्दै आफ्नो उत्कृष्टता प्रदर्शन गरी ३ वटा समूहमा सफलता प्राप्त गर्नेमा डाइग्नोस्टिक विशेषज्ञ विनोद श्रेष्ठ (विजेता), प्राविधिक व्यक्तिगत : तिर्थ श्रेष्ठ (फस्टरनर अप), सर्भिस एडभाइजर : सुभाष बुढाथोकी (फस्टरनर अप) रहेका छन् ।

अग्नि ग्रुपले विजेताहरुको सम्मानार्थ एक कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा क्याविनेट श्रेष्ठ (अध्यक्ष, अग्निग्रुप), कागलकर चैतन्य (कन्ट्री हेड, महिन्द्रा एण्ड महिन्द्रा), को उपस्थिति थियो । उनीहरुले विजेताहरुलाई नगद तथा प्रमाण पत्र प्रदान गरे ।