४ कार्तिक २०८३, बुधबार

सिटिजन्स बैकद्वारा प्रभात माविलाई आर्थिक सहयोग

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ पुस । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पाल्पा जिल्ला रिब्दिकोट गाउँपालिका–७ मैनादीमा रहेको प्रभात माध्यमिक विद्यालयलाई रू दुई लाखको आर्थिक सहयोग उपलब्ध गराएको छ ।

बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथमा आयोजित कार्यक्रममा बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलको उपस्थितिमा बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डुलबहादुर कुँवरलाई दुई लाख रुपैयाँको चेक हस्तान्तरण गरे ।

कृषिबाली विज्ञान अध्ययन गर्ने पीजेटीएका विद्यार्थीहरूलाई प्रयोगात्मक शिक्षा प्रदान गर्न चाहिने सामाग्रीको खरिद गरिनुका साथै विद्यालयको भौतिक पूर्वाधार निर्माण गर्नका लागि रकमको प्रयोग गरिने अध्यक्ष कुँवरले जानकारी दिए ।

अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकरात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने अध्यक्ष कुँवरले जानकारी दिए ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८० वटा शाखा, ७५ वटा एटिएम र ९९ वटा शाखारहित बैंकिङ एकाईहरुबाट करिव तीन लाख पचास हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

आफ्ना ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटिएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।