काठमाडौं, ३ पुस । महासमितिमा सबैभन्दा महत्वपूर्ण विधानको मस्यौदा नै तीन दिनसम्म पनि प्रस्तुत हुन नसकेपछि कांग्रेसको बन्दसत्र निरस बनेको छ ।
शनिबार राजनीतिक प्रस्ताव र आइतबार सांगठनिक प्रतिवेदन, आर्थिक प्रस्ताव र कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत भएपछि सदस्यहरूले सुझाब राखेका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
तर, सबैभन्दा महत्वपूर्ण विधानको मुख्य विषयमै कुरा नमिल्दा महासमिति सुरु भएको तीन दिनसम्म पनि बैठकमा यो प्रस्तुत हुन सकेको छैन ।
सोमबार बिहान ८ बजेपछि सुरु भएको बन्द सत्र ११ बजेपछि स्थगित भएको थियो । बन्द सत्रपछि पदाधिकारीसहितका शीर्ष नेताको बैठक गर्ने र केन्द्रीय समिति बैठकले विधान अनुमोदन गर्ने तयारी थियो । तर, पदाधिकारी र विधान मस्यौदा समितिको छलफलमै कुरा मिल्न सकेन ।
झन्डै २ बजेसम्म सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विजयकुमार गच्छदार र विमलेन्द्र निधि, महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव, सह–महामन्त्री डा.प्रकाशशरण महतसहितका नेताले सहमतिको प्रयास गरेका थिए । तर, पदाधिकारीको संख्या, निर्वाचित गर्ने कि मनोनीत गर्ने भन्नेमै नेताहरूबीच कुरा मिलेन ।















प्रतिक्रिया