१० कार्तिक २०८३, मंगलबार

निर्मला हत्याकाण्डमा तीन दर्जन प्रहरी कारबाहीमा पर्ने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ पुस । समितिको सिफारिसअनुसार करिब तीन दर्जन प्रहरीमाथि विभागीय कारबाही हुनेछ । यसअघि नै गृह मन्त्रालयले एसपी दिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्टलाई सेवाबाट हटाउने निर्णय गरिसकेको छ ।

डिएसपीहरू अंगुर जिसी, ज्ञानप्रसाद सेठी, इन्स्पेक्टर एकेन्द्र खड्कालगायतलाई पनि कारबाहीको सिफारिस भएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

डिएसपी जिसी, इन्स्पेक्टर खड्का, असई रामसिंह धामी, सई हरसिंह धामी र प्रहरी जवान चाँदनी साउद निलम्बनमा छन् ।

निलम्बन गरिएका डिएसपी ज्ञानबहादुर सेठीले अनिवार्य अवकाश पाइसकेका छन् । घटनास्थलका पुगेका र अनुसन्धानमा खटिएका सबै प्रहरी कारबाहीमा पर्ने स्रोत बताउँछ ।

घटनास्थलको सुरक्षासमेत गर्न नसकेको तथा निर्मलाका कपडा प्रमाणस्वरूप राख्नुपर्नेमा त्योसमेत जलाउनुलाई गम्भीर लापरबाहीका रूपमा प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रहरी जवान चाँदनी साउदले मृतकको कपडा पानीमा चोपलेर उनको शरीर छोपिदिएकी थिइन् । प्रमाण नष्ट गर्न त्यसो गरिएको आरोप लागेको थियो । कसैको निर्देशनमा नभई माटो लागेको सुरुवाल पानीमा चोपलेर मृतकको गोप्य अंग छोपिएको उनको बयान छ ।