१० कार्तिक २०८३, मंगलबार

मेलम्ची फेरि अनिश्चित

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ३ पुस । सरकार र इटालियन ठेकेदार सीमएसीबीच सोमबार बेलुकी सिंहदरबारमा भएको वार्ता बिना निष्कर्ष टुंगिएपछि बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको पुनः अनिश्चित बनेको छ। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

सरकारले कहिले दशैंअघि, कहिले तिहारपछि र कहिले चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौं आइपुग्ने बताइरहँदा ठेकेदारले काम छाडेपछि अन्यौल भएको हो। खानेपानी मन्त्री बिना मगरको उपस्थितिमा भएको सरकार ठेकेदार वार्तामा कुनै सहमति हुन नसकेको वार्तामा सहभागी आयोजनाका एक अधिकारीले बताए।

‘सरकारले ठेकेदारको रकम किस्ताबन्दीमा दिने, ठेकेदारले काम सुरु गर्ने लाइनमा वार्ता भएको थियो,’ ती अधिकारीले भने, ‘तर ठोस सहमति भएन, वार्ता मंगलबार पनि बस्ने सहमति भएको छ।’

वार्तामा मन्त्री मगरसहित खानेपानी सचिव गजेन्द्र ठाकुर, पूर्व खानेपानी सचिव भीम उपाध्याय, मेलम्चीका कार्यकारी निर्देशक सूर्यप्रकाश कँडेल र सीमएसीका आयोजना प्रमुख क्रिश्चियानो ग्रेचो र चिफ इन्जिनियर सहभागी थिए।

मेलम्ची खानेपानी आयोजनाको इटालियन ठेकेदार सीमएसीले आपूmले काम गरेको रकम भन्दै सरकारसित डेढ अर्ब रुपैयाँ माग दावी गर्‍यो। सरकारले दिएन। यो मुद्दा विवाद निरुपण बोर्ड (डीआरबी)मा पुग्यो। डीआरबीले सरकारले ठेकेदारलाई ३६ करोड रुपैयाँ दिनुपर्ने निर्णय गर्‍यो। तर तीन महिना बितिसक्दा पनि खानेपानी मन्त्रालयले रकम दिने चासो देखाएन।

मन्त्रालयका एक अधिकारीका अनुसार डीआरबीको निर्णय अनुसार ठेकेदारलाई पैसा दिन सरकार तयार थियो। तर एउटा मात्रै शर्त थियो, ‘यही रकम (३६ करोड)भन्दा बढी अरु दावी गर्न नपाइने।’ ठेकेदारले भन्दै आएको थियो, ‘काम गर्दै जाँदा दावी रकम भोलि अरु पनि हुन सक्छ।’

यही विवादका कारण सीएमसीले भुक्तानी पाउन सकिरहेको थिएन। सीएमसीले पटक(पटक ताकेता गर्‍यो। काम रोक्ने चेतावनी पनि दियो। तर मेलम्ची खानेपानी विकास समितिले वास्ता गरेन। टाट पल्टन लागेको सीएमसीले पैसा नपाएपछि काम गर्न नसक्ने पत्र समिति र मन्त्रालयलाई बुझायो।