४ कार्तिक २०८३, बुधबार

इंग्लिस प्रिमियर लिगमा चेल्सीसँग ब्राइटन पराजित

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २ पुस । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले ब्राइटनलाई पराजित गरेको छ । आइतबार राति भएको खेलमा चेल्सीले ब्राइटनलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

चेल्सीको जितमा इडन हजार्ड र पेड्रोले गोल गरे । पाहुना टोली चेल्सीले १७ औं मिनेटमा पेड्रोको गोलबाट अग्रता लिएको थियो । ३३ औ मिनेटमा हजार्डले अग्रता दोब्बर पारे ।

दोश्रो हाफमा घरेलु टोलिले खेलमा फर्किने संकेत गरेपनि पराजय व्यहोर्न वाध्य भयो । खेलको ६६ औं मिनेटमा मार्चले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने संकेत गरेका थिए । तर त्यसपछि गोल थप्न नसक्दा ब्राइटन तीन अंक सुुम्पिन बाध्य बन्यो ।

१७ औं चरणका खेल सकिँदा चेल्सी ८ अंकले पछि परेको छ। शिर्षस्थानको लिभरपुलको ४५ अंक हुँदा उसको मात्रै ३७ अंक छ । चेल्सी लिगको चौथो स्थानमा छ । उभन्दा पछाडि आर्सनलको समान खेलबाट ३४ अंक छ । पराजित ब्राइटन २१ अंकसहित १३ औं स्थानमा छ । एजेन्सी