१० कार्तिक २०८३, मंगलबार

भारतमा ३३ किलो सुनसहित भेटिएका दुई व्यक्ति गोरेका साथी

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ पुस । भारतको कोलकोतामा समातिएको ३३ किलो सुनको बारेमा नेपाल प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

भारतीय प्रहरीद्वारा विषेश सूचनाका आधारमा कोलकोताबाट उक्त सुन समातिएपछि नेपाल प्रहरीले नेपालबाट गायब भएको ३३ किलो सुन भारतीय प्रहरीले बरामद गरेको सुनको बारेमा अनुसन्धान शुरु गरेको हो । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

भारतमा सुनसहित पक्राउ परेका २ जना नेपाली नागरिक यसअघि ३३ किलो सुनका मुख्य नाइके चुणमणि उप्रेती गोरेका सहयोगी भएका आशंका नेपाल प्रहरीले गरेको र भारतीय प्रहरीले पनि पक्राउ परेका व्यक्ति गोरेका सहयोगी भएको जानकारी नेपाल प्रहरीलाई गराइसकेको प्रहरीका एक उच्च अधिकारीले जानकारी दिएका छन् ।