४ कार्तिक २०८३, बुधबार

जनता बैंकले रसुवामा ३ दिने निःशुल्क स्वास्थ्य शिविर चलायो

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ पुस । जनता बैंक नेपाल लिमिटेडको आयोजनामा रसुवाको दुई स्थानमा ३ दिने बृहत निःशुल्क स्वास्थ्य शिविर तथा आँखा शिविर भएको छ ।

संस्थागत सामाजिक उत्तरदायित्वमा ग्रामिण स्वास्थ्यलाई प्राथमिकतामा राखी देशको विभिन्न क्षेत्रमा विशेष गरी स्त्री तथा प्रसुति रोग सम्बन्धि र आँखा उपचारको लागि निःशुल्क स्वास्थ्य शिविरहरु संचालन गर्ने क्रममा रसुवामा शिविर गरिएको हो ।

रसुवाको नौकुण्ड गाउँपालिकामा मंसिर २५ गते स्त्री तथा प्रसुति रोग, छाला सम्बन्धि रोग र सामान्य स्वास्थ्य परीक्षण गरिएको थियो भने मंसिर २५, २६ र २७ गते आँखा परीक्षण तथा मोतिबिन्दुको शल्यक्रिया गरिएको थियो ।

त्यस्तै रसुवा जिल्लाकै कालिका गाँउपालिकामा मंसिर २६ गते स्त्री तथा प्रसुति रोग, छाला सम्बन्धी रोग र सामान्य स्वास्थ्य परीक्षण गरिएको थियो ।

ग्रामिण क्षेत्रका विपन्न नागरिकको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी स्वास्थ्य शिविर संचालन गरिएको हो । नेपाल नेत्र ज्योती संघ अन्तर्गत भरतपुर आँखा अस्पताल र अल्का अस्पताल जावलाखेलको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर सम्पन्न गरिएको हो ।

नौकुण्ड स्वास्थ्य शिविरको रसुवा जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश नं. ३ सांसदहरु प्रभात लामा र प्रेम लामाले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

स्वास्थ्य शिविरहरुमा कूल ८४६ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । जस मध्ये ५४ जनाको शिविर स्थलमै मोतिबिन्दुको शल्यक्रिया गरिएको बैंकले जनाएको छ । बिरामीहरुलाई आवश्यक औषधी र चश्मा निःशुल्क वितरण गरिएको थियो ।

स्त्री रोग सम्बन्धी उपचारको लागि लक्षित गरिएको शिविरमा पाठेघरको अपरेशन गर्नुपर्ने गरि पहिचान भएका विरामीहरुलाई अपरेशनको लागि अस्पतालमा रिफर गरिएको छ । बैंकबाट रिफर भएका महिलाहरुको निःशुल्क अपरेशन गर्ने व्यवस्था मिलाइएको छ ।