४ कार्तिक २०८३, बुधबार

…जब महेश्वरले स्वर्ण पदक थाप्दा ‘श्रीमान गम्भीर नेपाली…’ बज्यो

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ पुष । थाइल्यान्डमा भएको १० औं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा नेपालका महेश्वर महर्जनले स्वर्ण पदक जितेका छन् । शनिवार साँझ भएको प्रतिष्पर्धामा उनले भारतीय खेलाडीलाई हराउँदै स्वर्ण पदक जित्दै नेपालको नाम उचो पारे ।

पुरुष ७५ केजी तौल समूहको फाइनलमा उनले स्वर्ण जितेका हुन् ।

तर यसरी राष्ट्रको नाम चिनाउने काम गरेका खेलाडी स्वर्ण पदक ग्रहणको समयमा भने अनौंठो भएको छ । स्वर्ण प्रदान गर्दा सोही देशको राष्ट्रिय गानको धुन बजाउने चलन अनुसार राष्ट्रिय गान त बज्यो तर नेपालको राजाका पालाको राष्ट्रिय गान बजाइएको छ ।

उनले स्वर्ण थाप्दै गर्दा ‘श्रीमान गम्भीर नेपाली…’ बजेपछि भावुक बनेका महर्जन पनि अचम्ममा परे । तर ‘सयौं थुंगा फुलका हामी…’ अपडेट नभएका कारण उनले सोही धुनमा स्वर्ण पदक ग्रहण गर्नु परेको छ ।

देशमा गणतन्त्र आइसकेको र नयाँ राष्ट्रिय गान लागू भएको झण्डै दश वर्ष पुग्दासमेत पुरानै गान बज्नुले भने राष्ट्रिय इज्जतको पनि धज्जी उडाएको जस्तो देखिएको छ । दश वर्षसम्म पनि सबै राष्ट्र हाम्रो राष्ट्रिय गानका विषयमा जानकार नहुनु दुखद कुरा हो । त्यहाँस्थित दुतावासले पनि यस्ता कुरामा ख्याल गर्नुपर्नेमा दुतावास नै जानकार नहुनु भने दुखको कुरा हो ।