४ कार्तिक २०८३, बुधबार

पद जोगाउन राजनीतिक चलखेलमा लक्की शेर्पा

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ पुस । मानव ओसारपसारको गम्भिर आरोप लागेकी अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा पद जोगाउनका लागि राजनीतिक चलखेलमा लागेकी छन् ।

परराष्ट्र मन्त्रालयले स्पष्टीकरणका लागि बोलाएपछि गत साता काठमाडौं आएकी उनी छानबिन समितिमा बयान दिएपछि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमार्फत कारबाही रोकाउने पहलमा छिन् । त्यसका लागि उनले प्रचण्डका मान्छे, उनी पक्षधर नेताहरूसँग भेटघाट तिव्र पारेकी छन् ।

परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीको व्यवस्तता र सचिव चीनमा भएका कारण छानबिन समितिले उनीसँग पातलो बयान लिएको छ । तर, कस्ता निर्णयमा पुग्ने भन्ने तय गर्न सकेको छैन

आइतबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र सचिव शंकरदास बैरागी अमेरिका जाने तयारीमा छन् । यो व्यवस्ताका बीच शेर्पामाथि के गर्ने भन्ने विषय लम्बिन सक्ने बताइएको छ ।

यहि मौकालाई राजदूत शेर्पाले राजनीतिक दबाब र चलखेलका लागि प्रयोग गर्न थालेकी छन् ।  परराष्ट्र मन्त्रालयका ३ सहसचिव संलग्न समितिले भने उनीसँग बयान लिइसकेको छ ।

उनी तत्कालिन माओवादीकी केन्द्रीय सदस्य पनि हुन् । त्यसअघि तत्कालिन एमालेमा आवद्ध थिइन् ।

दुवै पार्टीको एकीकरण भएपछि लक्कीले ठानेकी थिइन्, लक्की चार्म आइलाग्यो । तर, उनलाई दुईतिहाई बहुमतको यहि सरकारले कारबाही गर्नसक्ने भएपछि त्यसभित्रको माओवादी गुहार्न थालिन् । जसका कारण उनीमाथिको कारबाही प्रक्रिया रोक्नका लागि दुर्भाग्यपूर्ण प्रयत्न जारी छन् ।

आफ्नो चालक बनाई अस्ट्रेलिय लगेका वाङछु शेर्पाले राजदुत लक्की र उनका पति वाङछु नमाङसोनाम शेर्पाले पैसा लिएको आरोप लगाए । त्यसपछि अस्ट्रेलियामा रहेको नेपाली दुतावासले विज्ञप्ती जारी गर्दै वाङछु शेर्पा बहुमुल्य सामानहरु चोरी गरेर भागेको उल्टो आरोप ठोकिदियो ।

वाङछु शेर्पालाई अस्ट्रेलियाको प्रहरीले दुतावासबाट उद्धार गरेको थियो । वाङछु शेर्पाले प्रहरीलाई दिएको निवेदन सार्वजनिक गरेका छन् ।

कुटनीतिक समस्याका कारणले अस्ट्रेलिया सरकारले लक्कीमाथि चार्ज गर्न सकेन र वाङ्छुको उद्दार गरिदियो । वाङछुले अस्ट्रेलिया जाँदा ३३ लाख ५० हजार राजदुत र उनका पतिलाई दिएका थिए । जसमध्ये १० लाख रुपैया बराबरको त सुन्दरीजलमा रहेको लक्की शेर्पाकोे दुई रोपनी जग्गामा पर्खाल लगाएको तथ्य बाहिर ल्याइयो ।

६४ लाख रुपैया दिएर वाङछुपत्नी फुलमु शेर्पालाई पनि अस्ट्रेलिया लग्ने भनी लक्कीपति नमाङ सोनामबीच लेनदेनको कागज पनि बाहिर आएपछि उनी विवादमा तानिएकी थिइन् ।