
काठमाडौँ, १ पुस । प्रधानन्यायाधीशमा सिफारिस चोलेन्द्रशमशेर जबराको संसदीय सुनुवाइ आजदेखि सुरु हुँदैछ ।
बिहीबार बिहान बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा राणाको नाम सिफारिस गरेपछि संसदीय समितिले आजदेखि सुनुवाइको प्रक्रिया अघि बढाउन लागेको हो ।
समिति सभापति लक्ष्मणलाल कर्णका अनुसार आजको बैठकले राणाबारे १० दिन उजुरीका लागि समय छुटट्याइनेछ । त्यस समयमा परेका उजुरीबारे प्रस्तावित व्यक्तिले जवाफ दिएपछि स्वीकृत वा अस्वीकत के गर्ने भनेर समितिले निर्णय गर्नेछ ।
न्याय परिषद्ले आगामी प्रधानन्यायाधीशका लागि राणा र दीपकराज जोशीको नाम सिफारिस गरेको थियो । सर्वोच्च अदालतको दोस्रो वरीयतामा रहेका वरिष्ठ न्यायाधीश दीपकराज जोशी यसअघि नै संसदीय सुनुवाइ समितिले अस्विकृत गरेपछि तेस्रो वरीयताका वरिष्ठ न्यायाधीश राणालाई प्रधानन्यायाधीशमा सिफारिस गरिएको थियो ।
२०१४ मंसिर २८ गते काठमाडौंको सुकेधारामा जन्मिएका राणाले २०७१ सालदेखि सर्वोच्च अदालतको न्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएका छन् ।
प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण आगामी पुस १७ गतेबाट अवकाश पाउँदैछन् । संवैधानिक परिषद्ले प्रधानन्यायाधिश नियुक्तिका लागि सिफारिस गरेका न्यायाधीशलाई संसदीय सुनुवाइ विशेष समितिले स्वीकृत गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।















प्रतिक्रिया