काठमाडौं, १ पुस । सरकारले १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी रकम खर्चेर राष्ट्रपति विद्यादेवी भण्डारीका लागि हेलिकप्टर खरिद गरेको छ ।
मन्त्रिपरिषद् बैठकबाट स्वीकृकत गराएर नेपाली सेनाले राष्ट्रपतिका लागि मात्रै प्रयोग हुने गरी करीव डेढ अर्ब रुपैयाँमा इटालीमा निर्मित १४ सिट क्षमताको ‘अगुस्टा–वेस्टल्याण्ड–एडब्लू–१३९’ हेलिकप्टर खरिद गरेको हो । कारोबार दैनिकले समाचार छापेको छ ।
सेरेमोनियल राष्ट्रपति क्रमशः सुविधाभोगी बन्दै गएको आरोप लागिरहेका बेला सरकारले उनलाई थप विवादमा तान्नेगरी २४ सैँ घण्टा स्टयाण्डबाइ रहनेगरी महँगो हरिकप्टर खरिद गरेको हो ।















प्रतिक्रिया