४ कार्तिक २०८३, बुधबार

कस्ता–कस्ता हल्ला चलाइन्, छोरो जन्माई अमेरिका पलायन

7.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रंगिन दुनियाँमा उदाउनु, सेलिब्रिटीको स्थान लिनु र व्यक्तिगत निर्णयमा रमाउने मध्येकी एक हुन्, निशा अधिकारी । अभिनेत्री भएर क्रिकेटरसँग बिहे गरेका कारण उनका निजी जीवनबारे धेरैले चासो दिने गरेका छन् । र, स्वभाविक पनि हो ।

उनले क्रिकेटर शरद भेष्वाकरसँग बिहे गरिन् । बिहेपूर्व उनले फिल्मी करिअरका बेला धेरै उदण्ड मच्चाइन् । खासगरी मिडियासँग । गसिप बन्न र बनाउन सिपालु निशा अहिले अमेरिका पलायन भएकी छन् ।

शरद र उनका एक सन्तान छन् । अमेरिकामा नै सन्तान जन्माएका कारणले निशाका लागि ग्रिनकार्ड नयाँ भएन । बारम्बार अमेरिका पुगेर ग्रिनकार्डका लागि अपिल गर्दा नपाए पछि शरदसँगको प्रेमलाई बिहेको रूप दिएर सन्तान जन्माउन अमेरिका पुगेकी भन्ने हल्ला अझै पनि फिल्मीवृत्तमा चलिरहेकै छ ।

निशाले रंगिन दुनियाँमा रमाउँदा चलाएका केही हल्ला यस्ता छन् ।

–उनले नामथर परिवर्तन गरिन् । टेलिभिजनको पर्दामा निशा अधिकारी भनेर परिचय बनाएकी उनले फिल्मी करिअरको मध्यविन्दुतिर आएर थरको पछाडी झुन्डाइन् मल्ल । र, उनको तर्क थियो– आमाबुवा दुवैको थर राख्नु ।

–एउटा फिल्मसम्बन्धी कार्यक्रममा तस्बिर लिएको भन्दै साहना प्रधानसँग मिलेर पत्रकारसँग झगडा गरी उत्पात मच्चाएकी अधिकारीका विवाद कम थिएनन् । उनी जहिल पनि मिडियासँग रुष्ट थिइन् । एक पटक त सार्वजनिक कार्यक्रममा ‘मिडियाका मान्छे’लाई आफ्ना कार्यक्रममा नपठाउन पनि भनिन् ।

–फिल्महरूमा नजमेपछि उनी हिमाल आरोहणतिर लागिन् । भरिया भएर सगरमाथा आरोहण गरे पनि सोर्सफोर्समा आरोहीको प्रमाणपत्र लिइन् । यतिमात्र होइन, नेपालबाहेक अमेरिकाको पनि हिमाल चढ्छु भन्दै उता हुत्तिएकी थिइन्, अधिकारी ।

–मिडियाले पछ्याउन छाडेपछि अधिकारीले चर्चामा आउन अर्को चलाखी गरिन् । कपाल खौरने । कपाल खौरेर आफ्नो सामाजिक सञ्जालमा पोस्ट गरेपछि उनीबारे मिडियाले फेरि लेखेका थिए । त्यसमा भने उनको प्रतिक्रिया नकारात्मक थिएन ।

–अधिकारीलाई निर्माता र व्यानरले विस्तारै बिर्सँदै गयो । त्यसपछि फेरि चर्चाको शिलशीलाका लागि उनले अर्को घोषणा गरिन्– शहाकारी बन्ने । उनले लेखिन्, ‘सात महिनासम्म शकाहारी बसेपछि अब मासु नखाने निर्णय गरियो ।’ उनले पापबाट मुक्त हुनु सबैभन्दा ठूलो उपलव्धी भएको पनि लेखेकी थिइन् ।