पथरी, १७ माघ । दिउँसै मदिरा पिएर पार्टीको बदनाम गरेको भन्दै मधेसी जनाधिकार फोरम नेपाल मोरङका पूर्व जिल्ला अध्यक्ष उमेश यादवलाई साधारण सदस्य नहरने गरी पार्टीको जिल्ला कमिटीले निष्कासन गरेको छ ।
गत बिहीबार साँझ मदिरा सेवन गरी पार्टी कार्यालय अगाडि सार्वजनिक रुपमा केन्द्रीय तथा मोरङ जिल्ला कार्यसमितिका नेतामाथि हातपात तथा दुव्र्यवहार गरेको आरोपमा पूर्व अध्यक्ष यादवलाई कारबाही गरिएको जिल्ला अध्यक्ष राजकुमार यादवले बताउनुभयो ।
आजदेखि पूर्व अध्यक्ष यादवलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको पनि जिल्ला अध्यक्षले बताउनुभयो ।
दोस्रो संविधानसभाको निर्वाचनमा पार्टीलाई सहयोग नगरेको आरोपमा यादवको नेतृत्वमा रहेको तत्कालीन कार्यसमितिलाई केन्द्रीय कमिटीले विघटन गरेको थियो ।
त्यसपछि उहाँलाई राजकुमारको नेतृत्वमा गठन गरिएको जिल्ला तदर्थ समितिको सल्लाहकारमा राखिएको थियो ।















प्रतिक्रिया