१० कार्तिक २०८३, मंगलबार

बिहानको खाजा र खाना मात्रै पार्टीको, अलमलमा महसमिति सदस्य

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

काठमाडौं, २९ मंसिर । कांंग्रेसले एक करोड खर्चमा महासमिति बैठक सकाउने अनुमान गरेको छ । बिहान ८ बजे खाजा र दिउँसो खाना पार्टीले आफ्नो खर्चमा खुवाउँदै छ ।

तर, बेलुकाको खाना र बासको प्रबन्ध भने महासमिति सदस्यहरूले आफैँ गर्नुपर्छ । बिहान खाजाको मेनुमा चिया र बिस्कुट राखिएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

शुक्रबार केन्द्रीय कार्यालय सानेपामा महासमिति सदस्यले हजार रुपैयाँ शुल्क तिरेर रजिस्ट्रेसन गराए । तर, विधान र राजनीतिक प्रस्तावको विषय मध्यरातसम्म पनि नटुंगिँदा उनीहरू अलमलमा थिए ।

सदस्यहरूलाई महासमितिमा प्रस्तुत हुने प्रस्तावको प्रतिसहितको झोला दिने तयारी थियो । तर, राजनीतिक प्रस्ताव र विधानको विषयको टुंगो केन्द्रीय समितिबाट लागेको थिएन ।

मुख्य प्रस्ताव नै नटुंगिएपछि उनीहरूलाई झोला मात्रै वितरण गरिएको केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए ।