काठमाडौं, २९ मंसिर । स्थानीय तह, प्रदेश सभा र संघीय संसद्को निर्वाचनमा कमजोर नतिजा आएपछि कांग्रेसमा महासमिति बैठक गरेर पुनर्जीवन दिनुपर्ने माग उठ्यो ।
निर्वाचन समीक्षा बैठकले मात्रै नपुग्ने भन्दै पार्टी सञ्चालनको स्वरूप र शैली परिवर्तन गर्न नयाँ कार्ययोजनाको माग भएको थियो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
साथै, संघीय संरचनाअनुसार पार्टीका संरचना बदल्न, दुई ठूला कम्युनिस्ट पार्टी एमाले र माओवादी मिलेपछि उनीहरूसँग प्रतिस्पर्धा गर्न सक्ने पार्टी बनाउनुपर्ने दबाब आयो ।
केन्द्रीय सदस्यहरूको यस्तो दबाबले महासमिति बैठकसम्म कांग्रेसलाई पु-यायो । सुरुमा भदौमा गर्ने भनिए पनि मंसिर अन्तिम साताका लागि सारिएको थियो ।
देश संघीयतामा गएको तीन वर्ष बितिसके पनि कांग्रेसले बल्ल पार्टीलाई संघीय संरचनामा बदल्दै छ ।
यसअघि पार्टीका ५ वटा तह रहेकोमा अब टोल समिति, प्रादेशिक निर्वाचन क्षेत्रको समिति र प्रदेश समिति गरी तीनवटा तह थप गरिएका छन् । यसअघि वडा, गाउँ, नगर, क्षेत्रीय, जिल्ला, केन्द्र गरी पाँच तह थिए ।















प्रतिक्रिया