काठमाडौँ, १७ माघ । प्रश्नावली प्रस्ताव निर्माण समितिका ज्येष्ठ सदस्य कुलबहादुर गुरुङ उपस्थित हुन नसकेका कारण दिउँसो १ बजेका लागि तोकिएको समितिको बैठक अहिलेसम्म बस्न सकेको छैन ।
गुरुङ नेपालगन्जबाट काठमाडौँ आउँदै गरेकाले केहीबेर बैठक ढिलो हुने भएको समितिका सदस्य रमेश लेखकले जानकारी दिनुभयो ।
अहिले संविधानका विवादित विषयलाई प्रश्नावलीमा कसरी समेट्ने भन्ने विषयमा अनौपचारिक छलफल भइरहेको उहाँले बताउनुभयो ।
एमाओवादीलगायतका विपक्षी दलको विरोध भएपनि संविधानका अन्तर्वस्तुसँग सम्बन्धित प्रश्नावली तयार पार्ने जिम्मेवारी पाएको प्रस्ताव निर्माण समितिको पहिलो बैठक आज १ बजेका लागि बोलाइएको हो ।
संविधानसभा सचिवालयका अनुसार पहिलो बैठकको अध्यक्षता समितिका सदस्यहरूमध्येबाट ज्येष्ठ सदस्यले गर्ने छ । यो बैठकमा समितिको कार्यविधि र काम कारबाहीबारे छलफल हुने बताइएको छ ।















प्रतिक्रिया