४ कार्तिक २०८३, बुधबार

कतार एयरवेजको गोथनवर्गसम्मको पहिलो उडान सफल

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोहा, २८ मंसिर । दोहादेखि गोथनवर्ग, स्विडेनसम्मको कतार एयरवेजको पहिलो नन् स्टप विमान स्विडेनको दोश्रो प्रवेशद्वारको रुपमा गोथनवर्ग ल्याण्डवेटर विमानस्थलमा अवतरण गरेको छ ।

अत्याधुनिक बोइङ द्यठडठ ड्रिमलाइनरद्वारा सञ्चालित कतार एयरवेजको उडान १७७ दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार बिहान ८ः२० बजे प्रस्थान गर्दै गोथनवर्ग ल्याण्डवेटर विमानस्थलमा दिँउसो १ः०० बजे अवतरण गरेको हो ।

गोथनवर्गसम्मको उडानमा कतार एयरवेजको वाणिज्य रणनीतिका वरिष्ठ उपाध्यक्ष साइमन न्युटन स्मिथ पनि उपस्थित थिए । कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत, अकबर अल बकरले भने, ‘हाम्रो युरोपेली नेटवर्क विस्तार गर्ने क्रममा गोथनवर्गजस्तो रमणीय शहरसम्मको प्रत्यक्ष उडान सेवा सञ्चालनमा ल्याउन पाउँदा हामी निकै उत्साहित छौँ ।’

उनले नयाँ एवं महत्वपूर्ण नर्डिक मार्गले दुवै व्यावसायिक तथा गैरव्यावसायिक यात्रीहरुलाई थप सहजता प्रदान गर्ने बताए । स्विडेनका नागरिकहरुलाई १६५० भन्दा अधिक गन्तव्यहरु सहितको व्यापक विश्वव्यापी नेटवर्कमा जोड्न मद्दत पुर्‍याउने उनको विश्वास छ ।

‘गोथनवर्गको सुन्दर शहरले प्रदान गर्ने उत्कृष्ट अनुभवको अनुभूति गराउन हामी थप पर्यटकहरुलाई यहाँ ल्याउँने आशा राखेका छौँ’, बकरले भने ।