काठमाडौं, १७ माघ । विश्वकपमा स्वर्ण पदक जितेर नेपालको नाम चिनाउन सफल कीर्तिमानी खेलाडी दीपक विष्टले तेक्वान्दो खेलबाट सन्यास लिएका छन् ।
शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी तक्वान्दो खेलाडी विष्टले खेल जिवनबाट सन्यास लिएको घोषणा गरेका छन् ।
साफ च्याम्पियनमा लगातार चार स्वर्णपदक जितेका विष्ट अब प्रशिक्षकका रुपमा काम गर्ने योजनामा छन् ।
खेल्न नसकिने अवस्थामा प्रशिक्षक भनेर तेक्वान्दोलाई अगाडी बढाउने योजना रहेको उहाँले कार्यक्रममा भन्नुभयो ।
प्रशिक्षणबाट नयाँ खेलाडी उत्पादन गरी आफुजस्तै विजेता बनाउने उनको भनाई थियो ।
दक्षिण एसियाली खेलकुद साफमा लगातार चार पटक स्वर्ण पदक विजेता विष्टले एसियाडमा दुई कास्य जितेका थिए । नेपालबाट ओलम्पिकमा छनोट हुने विश्वकै दोस्रो खेलाडी विष्ट हुन् ।













प्रतिक्रिया