
काठमाडौँ, २७ मंसिर । सानिमा बैंक लिमिटेडले बिहीबारका दिन १४औँ वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ ।
साधारण सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार चुक्ता पँुजीको १४ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
साथै, सर्वसाधारण समूह (समूह ‘ख’) बाट संचालक समितिमा प्रतिनिधित्व गर्ने २ (दुई) जना संचालकमा भरत कुमार पोखरेल र महेश घिमिरे निर्बिरोध निर्वाचित भएका छन् ।
आर्थिक वर्ष २०७४÷७५मा खुद नाफा रु १.७० अरव मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति रु ९१.८२ अर्ब, कुल निक्षेप रु ७९.१८ अर्ब, तथा कर्जा सापटी खुद रु ६९.२४अर्ब रहेको छ ।
आर्थिक वर्ष २०७३÷७४ को तुलनामा नाफा, निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमश २३.२७, ३५.९९, ३४.०८, र ३२.१५ प्रतिशतले बृद्धि गरेको छ ।















प्रतिक्रिया