२ कार्तिक २०८३, सोमबार

बेहुली लिएर फर्केको गाडी पल्टियो, एक बालिकाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चरिकोट, १७ माघ । मिर्गेबाट बेहुला बेहुलीसहित जन्ती लिएर फर्किएको बस शनिवार दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ । यो दुर्घटनामा अन्य १६ जना घाइते भएका छन् । मृत्यु हुनेमा दोलखा मेलुङ–२ की चार वर्षीया कृति खड्का रहेकी छिन् ।

रामेछापको बेतालीबाट शुक्रबार बेलुकी आएको जन्तीको टोली बिहे सकेर बिहान ११ बजेतिर फर्केको केही समयभित्रै बस दुर्घटनामा परेको हो । गम्भीर घाइते हुनेहरुमा रामेछाप दुरागाउँका ५० वर्षीय चन्द्रबहादुर योगी र कुवेर योगी छन् । घाइतेहरुको चरिकोटका अस्पतालहरुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक जीवन तमाङले जानकारी दिनुभयो ।

अरनिको यातायात सेवा समितिको बा२ख ६५७९ नं को जन्ती बोकेको बस सडकबाट तीन कान्ला तल खसेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले बस चालक भीनपा–७ का इन्द्रबहादुर खड्कालाई नियन्त्रणमा लिएको छ । रासस