
काठमाडौं, २७ मंसिर । पूर्वराष्ट्रपति डा. रामवरण यादवले नेपाली कांग्रेसको व्यवाहार देखेर चित्त दुखाएका छन् । उनको चित्त दुखाई विहीबार नेता रामचन्द्र पौडेलले लेखेको पुस्तक ‘नेपाली कांग्रेस र समाजवाद पुननिर्माणको मार्गचित्र’ लोकापर्णका क्रममा पोखेका हुन् ।
नेपालको संविधान कांग्रेस नेतृत्वको सरकारका पालामा जारी भएको उल्लेख गरेका उनले जनता र कार्यकर्तामा नेतृत्वको अभाव खड्कीएको बताए । उनले मधेसलाई जोड्दै महासमिति बैठक काठमाडौंमा गर्नुको कारण पनि सोधे । ‘कांग्रेस किन जनता र कार्यकर्तामा जाँदैन, महासमिति बैठक मधेसमा गरेको भए के हुन्थ्यो ?’, उनका प्रश्नहरू छन्,‘नेताले कार्यकर्तालाई दास ठान्नु राम्रो हो ?’
कांग्रेस जिम्मेवार नभए मुलुकमा दुख आउनसक्ने बताएका उनलाई गुटउपगुटको विभाजित रुप देखेर पनि टाउको दुख्ने गरेको छ । उनले सुझाव दिए,‘गुट उपगुटको अन्त्य गरी कार्यकर्तामाझ कांग्रेस जानुपर्छ । अहिलेसम्म गएको देखिँदैन ।’
नयाँ संविधानको इमान्दारिताका साथ कार्यान्वयनको जिम्मा कांग्रेसकै भएको पनि उनले बताए ।
लेखक तथा नेता रामचन्द्र पौडेलले कम्युनिस्टले जनतालाई ढाँटेको आरोप लगाए । केपी शर्मा ओली र प्रचण्डले समृद्धिको नारा लगाएर समाजवादको यात्रा भने पनि त्यसो गर्न नसकेको बताए ।















प्रतिक्रिया