५ कार्तिक २०८३, बिहिबार

फर्किइन् श्रृङ्खला : ‘टप १२ मा पुग्छु भन्ने कन्फिडेन्स थियो’

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विश्व सुन्दरी प्रतियोगिताको टप १२ मा पुगेकी नेपाल सुन्दरी श्रृङ्खला खतिवडा काठमाडौं आइपुगेकी छन् ।

बाबु विरोध खतिवडा, आमा मुनु सिग्देललगायतसँग आइपुगेकी उनले विश्व सुन्दरीमा टप १२ सम्म पुग्ने कन्फिडेन्स रहेको प्रतिक्रिया दिएकी छन् ।

८ डिसेम्बरमा चीनको सान्यामा भएको विश्व सुन्दरी प्रतियोगिताका लागि उनी अघिल्लो महिना त्यता गएकी थिइन् । व्युटी विथ पर्पस जित्दा विश्व सुन्दरी प्रतियोगिता नै जितेको अनुभुति भएको उनले दोहोर्याइन् ।

मल्टिमिडिया अवार्डका लागि सम्पूर्ण नेपालीप्रति ऋणि रहेको बताएकी उनले भनिन्,‘ताज जित्न नसके पनि नेपाल चिनाउने प्रयास केही हदसम्म गरें ।’

नेपाली जनताले अपेक्षा गरेअनुसारको नतिजा ल्याउन आफु सफल नभएकोमा उनले दुखेसो पोखिन् । तर, कतिपय स्पर्धीले आफुलाई विश्व सुन्दरीको हकदार भएको प्रतिक्रिया दिएको पनि स्मरण गरिन् ।

धेरै स्पर्धीले नेपाल भारतभन्दा पनि ठूलो छ ? तिमिले यत्रो मत कसरी पायौ भनेर सोधेको उनले बताइन् ।