४ कार्तिक २०८३, बुधबार

सिटिजन्स बैंकले पाँच प्रतिशत लाभांश दिने

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ मङ्सिर । सिटिजन्स बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई पाँच दशमलव २६ प्रतिशत लाभांश दिने भएको छ ।

आर्थिक वर्ष २०७४/७५ को वितरणयोग्य नाफाबाट गत असार मसान्तसम्मको चुक्ता पूँजी रु आठ अर्ब तीन करोड ३२ लाख ३६ हजार ४०० को तीन दशमलव ६२ ले हुने रु २९ करोड १४ लाख ४५ हजार ७७३ शेयर लाभांश दिने भएको छ ।

यस्तै चुक्ता पूँजीको एक दशमलव ६३ प्रतिशले हुने रु १३ करोड १३ लाख ५६ हजार १४३ नगद लाभांश दिने प्रस्ताव गरेको छ । सोसम्बन्धी जानकारी बैंकको मङ्गलबार बसेको सञ्चालक समितिको बैठकले गरेको आज नेपाल स्टक एक्सचेञ्जलाई गराएको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र बैंकको साधारणसभाबाट पारित भएपछि लागू हुनेछ । बैंकले आव २०७४/७५ मा रु ९६ करोड ४९ लाख १२ हजार वितरणयोग्य नाफा आर्जन गरेको थियो । –रासस