२ कार्तिक २०८३, सोमबार

संविधानसभामा प्रश्नावली समिति बैठक बस्दै, बैठक तयारीबारे काँग्रेस–एमालेबीच छलफल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sambidhan sabha vwan

काठमाडौँ, १७ माघ । संविधान निर्माणमा देखिएका प्रमुख विवादित विषयमा प्रश्नावली निर्माण गर्न गठन गरिएको प्रश्नावली समितिको संविधानसभामा आज बैठक बस्दै छ ।

सत्तारुढ दल नेपाली काँग्रेस, नेकपा—एमालेसहितका दलहरु सहित विपक्षी दलहरुलाई समेत समावेश गरिएको समितिमा विपक्षी सभाषद् भने सहभागि भएका छैनन् ।

संविधानसभाको प्रश्नावली तयार पार्ने प्रस्ताव समितिको बैठकको तयारीका लागि गठित प्रमुख सत्तारूढ दल नेपाली काँग्रेस र नेकपा एमाले सम्मिलित कार्यदलले आजै शीर्ष नेतालाई आफ्नो तयारीबारे अवगत गराएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान भएको छलफलमा समितिको कार्यविधि, आफ्ना पार्टीगत तयारीलगायत विषयमा कुराकानी भएको एमालेका उपाध्यक्ष विद्यादेवी भण्डारीले बताउनुभयो । दुई दलले सो समितिका कार्य अघि बढाउने सम्बन्धमा काँग्रेसबाट पूर्णबहादुर खड्का र रमेश लेखक तथा एमालेबाट भीमबहादुर रावल र अग्नि खरेल सम्मिलित कार्यदल गठन गरेको थियो ।

यही माघ ११ गते एकीकृत नेकपा माओवादी नेतृत्वको मोर्चाका सभासद्को विरोधका बीच संविधानसभाले संविधानका विवादित अन्तर्वस्तुमा प्रश्नावली तय गर्न सो प्रश्नावली समिति गठन गरेको थियो ।
समितिको पहिलो बैठक आजै अपराह्न १ बजे बस्दैछ । समितिमा एमाओवादी र मधेसकेन्द्रित दलले सहमतिमा संविधान बन्नुपर्ने माग गर्दै आफ्ना नामावली दिएका छैनन् ।

एमाले उपाध्यक्ष भण्डारीले नामावली प्राप्त नभए पनि नेपालको अन्तरिम संविधान, २०६३ को मर्मबमोजिम समितिका कार्य अघि बढ्ने र सहमतिको प्रक्रिया पनि निरन्तर जारी रहने बताउनुभयो । बैठकमा प्रधानमन्त्री एवम् काँग्रेस सभापति सुशील कोइराला र उपसभापति रामचन्द्र पौडेल तथा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष भण्डारीलगायत सहभागी हुनुहुन्थ्यो ।

एमाओवादी लगायतका विपक्षी दलका सभासद्हरुले काँग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठलाई प्रश्नावली समितिको प्रस्ताव पेश गर्न नदिएपछि संविधानसभाका अध्यक्ष नेम्वाङ स्वयमले प्रस्ताव समिति गठन गरेका थिए ।

७३ सदस्यीय समितिमा ४९ जना सत्तारुढ दलका सदस्य छन् भने । बाँकी एमाओवादी लगायतका विपक्षी दलका सभाषद्हरु सदस्य छन् । तर विपक्षी दलले सभाषद्लाई सहभागि गराएका छैनन् ।