४ कार्तिक २०८३, बुधबार

लिभरपुललाई फाइदा, च्याम्पियन लिगको अन्तिम १६ मा स्थान पक्का

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २६ मंसिर । गएको सिजनको फाइनलिस्ट लिभरपुलले च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा स्थान पक्का गरेको छ ।

च्याम्पियन्स लिग फुटबलको समूह चरण अन्तर्गतको आफ्नो अन्तिम खेलमा मंगलबार राति इटालियन क्लब नापोलीमाथि संघर्षपूर्ण जित निकाल्दै इंग्लिस क्लब लिभरपुलले नकआउट चरणमा स्थान पक्का गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा लिभरपुलले नापोलीलाई १–० ले हराएको हो । लिभरपुलको जितमा मोहम्मद सालहले गरेको गोल नै निर्णायक बन्यो । सालहले ३४ औँ मिनेटमा गोल गर्दै टिमलाई जिताएका हुन् ।

यो जितपछि लिभरपुल समूह सी को उप विजेताको रुपमा अन्तिम १६ मा पुग्न सफल भयो । समान नौ अंक नै भए पनि नापोली भने समूह चरणबाटै बाहिरियो ।

यो समूहबाट समूह विजेताको रुपमा फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी)ले अन्तिम १६ मा स्थान पक्का गरेको छ । मंगलबार राति नै भएको खेलमा पिएसजीले रेड स्टारलाई ४–१ ले हरायो ।

पिएसजीको जितमा एडिन्सन काभानी, नेइमार, माक्रवीन्होस र केलियन एमबाप्पेले गोल गरे । रेड स्टारका लागि गोबिल्जिकले एक गोल फर्काए ।