२ कार्तिक २०८३, सोमबार

तीन दिनदेखि तीन बालिका बेपता

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जाजरकोट, १७ माघ । नायकवाडा गाविस–७ का तीन बालिका तीन दिनदेखि बेपता भएका छन् ।

बिहीबार बिहान घरबाट दाउरा ल्याउन हिँडेका नायकवाडा–७ की १२ वर्षीया उषा शाही, ११ वर्षीया कमला शाही र १० वर्षीया लक्ष्मी सिंह सम्पर्कविहीन भएको परिवारले बताएका छन् ।

बेपता बालिकाको खोजीका लागि इलाका प्रहरी कार्यालय नायकवाडामा निवेदन दिइएको आफन्त खड्कविक्रम शाहीले जानकारी दिनुभयो ।

सरस्वती मावि सिलीगीचौरमा अध्ययनरत ती बालिकाका खोजी गरी दिन आफन्तले सबैमा अनुरोध गरेका छन् । रासस