४ कार्तिक २०८३, बुधबार

ईपीएल क्रिकेट : आजको हारसँगै चितवनको यात्रा कठिन, भैरहवाको लगातार दोस्रो जित

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ मंसिर । भैरहवा ग्लाडीयटर्सले एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा लगातार दोस्रो जित दर्ता गरेको छ । शरद भेषावकरको भैरहवा ग्लाडीयटर्सले मंगलबारको खेलमा पृथु बास्कोटाको चितवन टाइगर्सलाई १२ रनले पराजित गरेको हो ।

टियु क्रिकेट मैदानमा भैरहवाले दिएको १४४ रनको लक्ष्य पच्छाएको चितवनले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर मात्र १३१ रन बनाउन सक्यो ।

चितवनका लागि पाउल स्टर्लिङले ३८, जोन सिम्पसनले २६, दिलीप नाथले १२ रन जोडे भने शाहब आलम १६ रनमा अविजित रहे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भैरहवाले १९ ओभर ३ बलमा अलआउट हुँदै १४३ रन जोडेको थियो । भैरहवाका लागि रायन टेन डेसकाटेले ३५ रन बनाए । प्रदीप सिंह ऐरीले २६ रन बनाउँदा रबी इन्दर सिंहले २५ र आरिफ शेखले १८ रन बनाए ।

मंगलबारको हारसँगै चितवनको ईपीएल यात्रा भने कठिन देखिएको छ । अब उसको गणितीय सम्भावना मात्र बाँकी रहेको छ । लगातार तेस्रो खेल हारेको चितवन अंक विहिन रहेको छ भने भैरहवाले लगातार २ खेल जित्दै ४ अंक जोडेको छ ।