४ कार्तिक २०८३, बुधबार

जनता बैंकले साढे आठ प्रतिशत नगद लाभांश दिने

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ मङ्सिर ।  जनता बैंक लिमिटेडले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट आठ दशमलव ५० प्रतिशत नगद लाभांश दिने भएको छ ।

बैंकले आफ्ना शेयरधनीलाई उक्त परिमाणको नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले उक्त प्रस्ताव गरेको हो । बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र साधारणसभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिनेछ ।

बैंकका अनुसार रु आठ अर्ब सात लाख ८५ हजार ९२५ चुक्तापूँजीको आठ दशमलव ५० प्रतिशत बराबरको रु ६८ करोड ६६ हजार ८०३ बराबर नगद लाभांश वितरण गर्न लागिएको हो ।

बैंकले गत वर्ष १४ दशमलव ४० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । बैंकले आव २०७४/७५ मा रु ९३ करोड ४७ लाख बढी वितरणयोग्य मुनाफा आर्जन गरेको थियो । –रासस