महेन्द्रनगर, माघ १७ । छोरी जन्माएको भन्दै एक युवकले आफ्नै श्रीमतीलाई तेजाब खुवाएर हत्याको प्रयास गरेका छन् ।
भारतको उत्तरप्रदेश प्रदेश यूपीका अमरोहामा विहे भएको ६ वर्षसम्म छोरा नजन्माएको भन्दै श्रीमतीको शरिरमा तेजाब खन्याएर जलाएका हुन् ।
६ वर्षमा ती महिलाले तीन छोरी जन्माएकी छिन् । ती युवकले आफ्नी छोरीलाई पिटेका छन् ।
प्रहरी चौकी बनबासाका अनुसार ती महिलाको उद्दारका लागि गएका छिमेकीलाई समेत उनले कुटपिट गरेका छन् । गम्भिर घाईते ती महिलालाई सरकारी अस्पताल लगिएको छ । यो घटनामा प्रहरीमा उजुरी परेको छैन् ।
प्रहरीले पनि यो घटनामा कुनै कारवाही अगाडी बढाएको छैन् ।
शहरको कोतवाली क्षेत्रका मोहल्ला निवासी ती युवकका पहले नै २ छोरी थिए । यसपटक उनलाई विश्वास थियने छोरा पाउछु भनेर । तर श्रीमतीले यसपटक पनि छोरी जन्माईन् । तेस्रो छोरीको जन्मले उसको परिवारका सदस्य पति ससुराले पहिले देखिनै ती महिलालाई मानसिक तनाव दिदै आएका थिए ।
श्रीमानले पहिले बेस्सरी कुटेको र पछि तेजाब खुबाएर हत्या गर्न खोजिएको ती महिलाका माईतीले जनाएका छन् । छोरी जलेको थाहा पाएपछि माईती पक्षले उद्दार गरी अस्पताल पुर्याएका थिए । ती महिलाको स्थिती गम्भिर रहेको अस्पतालले जनाएको छ ।
















प्रतिक्रिया