१२ कार्तिक २०८३, बिहिबार

मारुती सिमेन्टको ‘निर्माणकर्मी भेटघाट’ कार्यक्रम

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २४ मंसिर । मारुती सिमेन्ट लिमिटेडले हेटौंडा, चितवन, पोखरा, आबुखैरेनी लगायत काठमाडौँ उपत्यकामा ‘निर्माणकर्मी भेटघाट’ कार्यक्रम आयोजना गरेको छ ।

५सय जना बढि निर्माणकर्मीहरुको उपस्थिति रहेको सो कार्यक्रममा मारुती सिमेन्टले निर्माणकर्मीहरुलाई सुरक्षित निर्माणसम्बन्धी विभिन्न जानकारी दिएको थियो । उनीहरुलाई पाँच लाख रुपैयाँ बराबरको निशुल्क दुर्घटना बीमा तथा औषधोपचार खर्च योजना प्रदान गरिएको छ ।

कार्यक्रममा मारुती सिमेन्ट लि.का ब्रान्ड म्यानेजर राजु श्रेष्ठले बीमा योजना वितरण गर्दै कार्यक्रमको उद्देश्य निर्माण क्षेत्रमा कार्यरत निर्माणकर्मीहरुको पौरखी हातहरुलाई भरोसा र आत्मविश्वास प्रदान गरेका थिए । उनले देशभरी नै यो कार्यक्रम मार्फत अन्य निर्माणकर्मीलाई पनि प्रोत्साहन गर्दै जाने कम्पनीको योजना रहेको जानकारी दिए ।