५ कार्तिक २०८३, बिहिबार

भागीरथ चलाउनेको ‘रोधी’मा सम्झना भण्डारी भन्छिन्-बाजा बजाउ यार (भिडियोसहित)

3.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ । लोक तथा दोहोरी गीतका क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक भागीरथ चलाउनेले दर्शक/श्रोताका लागि नयाँ गीत बजारमा ल्याएका छन् । उनले हालै मौलिक एवं नाचौँ नाचौँ लाग्ने गीत ‘बेशी गाउँको रोधीमा’ सार्वजनिक गरेका हुन् ।

दिनेश सापकोटाको शब्द तथा गायक चलाउनेकै संगीत रहेको गीतमा उनलाई सम्झना भण्डारीले स्वरमा साथ दिएकी छन् । गीतको म्युजिक भिडियोमा रामजी खाँड र अलिस्मा चलाउनेको नृत्य छ । मौसम हिमालीको निर्देशन रहेको भिडियोलाई दुर्गा पौडेलले छायांकन गरेका छन् भने प्रबिन भट्टले सम्पादन गरेका छन् । गीत बिपी फिल्मसको ब्यानर मा तयार पारिएको छ ।

यसअघि भागीरथ चलाउनेको ‘कसलाई सोध्ने होला’, ‘गोरखपुरको सलाई’, ‘मन त पराउछिन’, ‘माया जोख्ने तुलो’, ‘दिल चोरेको केसमा’ लगायत दर्जनौ गीतले सर्वाधिक सफलता कमाएका थिए । यो गीतले पनि दर्शक/श्रोताको मन जित्ने उनको विश्वास छ ।