२९ आश्विन २०८३, बिहिबार

एसपीए कप क्रिकेटमा पेन्टागनको विजयी सुरुवात

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


BIK_7590 copy

– यम बम

धनगढी माघ १६ । आजदेखि धनगढीको रंगशालामा सुरु भएको सर्वाधिक धनराशीको होटल डिभोटी एसपीए कप २०१५ क्रिकेट प्रतियोगितामा डिफेन्डिंग च्याम्पियन पेन्टागनले विजयी सुरुवात गरेको छ ।

खेलको सिँचाईमन्त्री एनपी साउँदले उद्घाटन गरे । स्टार खेलाडीहरुले भरिएको टीम पेनटागनले आफ्नो पहिलो खेलमा डडेल्धुराको महेन्द्रनमुना उच्च माविलाई ५ विकेटले हराएको छ । विनोद भण्डारीले ३१ बलमा अर्धशतक आंकडा पार गर्दै ५३ रनमा खेलेपछि पेण्टागनले सहजै जित हात पार्‍यो ।

टस जितेर व्याटिङ्गका लागि मैदानमा ओर्लिएको महेन्द्र नमुना उमाविले १८.५ ओभरमा गुमाएर १२४ रन बनाएर अलआउट भयो । पेन्टागनका सामु महेन्द्र नमुनाका ब्याट्सम्यान चल्न सकेनन् । महेन्द्रका ओपनर रोशन नेपाली एक्लैले ४४ (२८) रनको पारी खेले । सो पारीमा उनले ५ चौका तथा ३ छक्का प्रहार गरे ।

man of the match Binod bhandariपहिलो विकेटका रुपमा दिक्षान्सु नेगीलाई ५ रनमा गुमाएको महेन्द्रनमुनाको पारी विक्रम थलालले २४ रनको पारी खेल्दै केही सम्हाल्ने प्रयास गरेपनि उनी पछिका कुनैपनि ब्याट्सम्यानले टिमलाई रनमा दौडाउन सकेनन् ।

दिपेश श्रेष्ठले १२, तथा दिलिप नाथले १० रन मात्र बनाए ।

पेन्टागनका लागि राहुल विश्वकर्माले ४, चन्द्र साउँदले ३ तथा सागर पुनले २ विकेट लिए । पेन्टागनका ओपनर सागर पुनले २१ रन बनाए ।

भने विनोद भण्डारीले ५ चौका र ४ छक्काको मदतले ५३ रन जोड्दा पेन्टागनको जित सहज भयो ।

त्यस्तै नरेश बुढाऐरले ५ चौका सहित ३९ रन बनाएपछि पेन्टागनले १३.६ ओभरमा ५ विकेट छदै १२५ रनको लक्ष्य भेट्टायो ।

प्रतियोगितामा शनिवार जेभिएर ईन्टरनेशनल काठमाडौं र सनराईज कलेज कञ्चनपुर तथा न्यु होराईजन बुटबल तथा कैलाली बहुमुखी क्याम्पस धनगढी विच प्रतिस्पर्धा हुनेछ ।

१६ क्रिकेट टोलीको सहभागिताको प्रतियोगितामा विजेता टोलीले एसपिए कपसहित रु पाँच लाख तथा उपविजेताले रु दुई लाख पुरस्कार पाउने संयोजक सुवास शाहीले जानकारी दिनुभयो ।