– भरत खत्री
महेन्द्रनगर, १६ माघ । गाउँ सहर सफा राखौं अभियान अन्तर्गत सहिद दिवसको अवसर पारेर कञ्चनपुरमा सरसफाई गरिएको छ ।
सामाजिक प्रगति तथा धुम्रपान निषेध अभियन्ता मदन चन्दको संयोजकत्वमा हेल्प नेपालले शुक्रबार सदरमुकाम महेन्द्रनगर स्थित भिमदत्त पार्कमा सरसफाई गरेको हो । हेल्प नेपालको पहलमा पुर्व प्रहरी संगठन, दीपज्योती क्लब हल्दुखालले पनि सरसफाई अभियानमा सहभागिता जनाएका थिए ।
सरसफाई नै मानव सभ्यताको प्रमुख परिचय भएकाले विदाको दिन सदुपयोग गरेर सरसफाई गरिएको हेल्प नेपाल कञ्चनपुरका अध्यक्ष तथा धुम्रपान निषेध अभियन्ता मदन चन्दले जानकारी दिनुभयो ।
समाजलाई असल सँस्कार दिन सरसफाइ अभियानले ठुलो मद्दत पुर्याउने नेपाल पुर्व प्रहरी संगठनका केन्द्रीय सदस्य प्रेम सिंह ठगुन्नाले बताउनुभयो ।
सरसफाई अभियान निरन्तर लाग्ने दीपज्योती क्लबका अध्यक्ष तर्कराज भट्टले प्रतिबद्धता जनाउनुभयो । सरसफाई कार्यक्रममा समाजका अगुवा, सञ्चारकर्मी, सर्वसाधारणको सहभागिता थियो ।















प्रतिक्रिया