५ कार्तिक २०८३, बिहिबार

मिस वर्ल्डको ताज मेक्सिकोकी सुन्दरीले लगिन्, नेपालको पोजिसन १२औं

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेइजिङ, २३ मंसिर । सन् २०१८ को मिस वर्ल्डको ताज मेक्सिकोकी सुन्दरी भेनेसा पोन्स डी लिअनले पहिरेकी छन् । प्रतिस्पर्धी ११८ देशका सुन्दरीलाई पछि पार्दै २६ वर्षीय भेनेसाले विश्व सुन्दरीको उपाधि चुम्न सफल भएकी हुन् ।

उनलाई गत वर्षकी भारतकी विश्व सुन्दरी मानुषी छिल्लरले ताज पहिर्‍याएकी हुन् । रनरअपको उपाधि भने मिस थाइल्याण्ड निकोलिन लिम्स्नुकान जितेकी छन् ।

मिस नेपाल शृङ्खला खतिवडा यो वर्षको मिस वर्ल्ड २०१८ को टप १२ मा पुग्न सफल भएकी छिन् । चीनको सान्या सहरमा शनिबार सम्पन्न ६८ औं मिस वर्ल्ड प्रतियोगितामा २३ वर्षीय खतिवडाले ११८ देशका सुन्दरीलाई पछि पार्दै १२ औं स्थान ओगटेकी हुन् ।

एसियाबाट छानिएका दश देशमध्य नेपाल, थाइल्याण्ड र न्युजिलेण्डमात्र टप १२ मा जान सफल भए ।

टप पाइभकालागि पाँच महादेशमा केरेमियनबाट जमैका, अमेरिकाबाट मेक्सिको, अफ्रिकाबाट युगान्डा, र एसियाबाट थाइल्याण्ड सफल भएका थिए ।

मिस नेपाल शृङखला पहिलो चरणमा प्रतियोगीबाट ३० मध्ये १२ पुगेकी थिइन् । दोस्रो चरणमा १२ मध्ये पाँच छानिएकी हुन्न ।

चीनको सान्यामा भइरहेको ‘मिस वर्ल्ड’ प्रतियोगितामा शृंखला खतिवडाले दुई विधागत अवार्ड जितेकी छिन्। सोमबार साँझ भएको घोषणामा शृंखलाले ‘मल्टिमिडिया अवार्ड’ र ‘ब्युटी विद पर्पज’ जितेकी हुन्।