
काठमाडौं, २२ मंसिर । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत शनिबारको उद्घाटन खेलमा ललितपुर प्याट्रीयट्सले विराटनगर वारिवर्सलाई १ सय ५ रनको सामान्य लक्ष्य पेश गरेको छ ।
टीयु क्रिकेट मैदानमा ज्ञानेन्द्र मल्लको ललितपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४ रन बनाएको हो । ललितपुरका लागि कप्तान ज्ञानेन्द्र मल्लले ४९ रन बनाए भने सन्नी पटेलले २० तथा पवन शार्रफले १४ रन बनाए । विराटनगरका करण केसी र रोएलोफ भान डेर मेर्वीले २/२ विकेट लिए ।
पारस खड्काको विराटनगर वारिवर्सले जवाफि ब्याटिङ शुरु गरेको छ । शनिबारदेखि शुरु भएको खेलमा दुवै टिम जितका साथ विजयी शुरुवात गर्ने दाउमा रहेका छन् ।















प्रतिक्रिया