२ कार्तिक २०८३, सोमबार

शहिदका पिता भन्छन्, ‘मेरो छोरा मरेर आखिर के नै भयो र ?’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sahid-Jhapa

प्रदीप परियार

झापा, १६ माघ । ‘हुँदैन बिहान मिर्मिरे तारा झरेर नगए, बन्दैन मुलुक दुई–चार सपुत मरेर नगए ।’ जब शहिद दिवस आउँछ, तब कवि भूपि शेरचनको यो कविताको लाइन सबैको मुख–मुखमा झुण्डिन्छ । अनि राष्ट्रका लागि सहादत प्राप्त गर्ने वीर शहिदहरुका नाममा भक्ति गाइन्छ । राष्ट्र र राष्ट्रियताको लागि जीवन बलिदान गर्ने शहिदका सम्झनामा एक दिन बिदा पनि दिइन्छ । तर, परिवर्तनको आन्दोलनमा ज्यान गुमाएका शहीद परिवारले अहिलेसम्म परिवर्तनको अनुभूति गर्न पाएका छैनन् । शहिद परिवारमात्र नभई नेपालीले नै परिवर्तनको अनुहार देख्न पाएका छैनन् ।

शहिद परिवारको सपना मुलुकमा शान्ति, समृद्धि र संविधान हो । सबै नेपालीको भोक नै बनेको छ संविधान । शहिद परिवारले दिनहुँ मुलुकको राजनीतिक अस्थिरताबाट पीडित बन्नु परेको छ । शहिद परिवार मुलुकको कृत्रिम द्वन्द्वबाट दिक्क भइसकेका छन् । सबै परिवारको गला बसेको छ । परिवर्तनको संस्थागत गर्न नसक्दा शहिद परिवार नयाँ निरङ्कुश जन्मिएको आभास गरिरहेका छन् ।

बिहीबार शहिद राजन गिरीका पिता केदार गिरी शहीद दिवसको अघिल्लो दिन निराश मुद्रामा भेटिए । राजनीतिक दलको नाङ्गोपनले दिक्क भएको सुनाएका छन् ।

०६३ साल बैशाख ६ गते सम्झन्छु, सदरमुकाममा भएको त्यो घटना । त्यो घाउ झन्झन् बल्झिरहेको छ । पूर्व गृहमन्त्री हाल कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला ९कृष्ण दाई०को घरमा साइकल राखेर आन्दोलनतिर लागें । छोरा राजनको घटना सम्झन पनि सक्दिन । ‘यसरी पीडाबाट हार खाएको अर्को परिवार सुरज विश्वासको परिवार पनि हो । अहिले उनीहरुको र मेरो परिवारको पीडा उस्तै छ । हामीलाई नेताको व्यक्तिगत परिवर्तनले आन्दोलनको सम्मान गर्छ जस्तो लाग्दैन ।

नेपालको राजनीतिक इतिहासमा सहादत प्राप्त गर्ने शहिद जसले उत्पीडनमा परेका समुदाय, आदिवासी, जनजाति, दलित, महिलामाथि भएको दमनविरुद्ध परिवारलाई त्यागेका छन् । उनीहरुको सम्मान गर्न दलहरु अझै पनि सक्षम हुनसकेका छैनन् । नेताको नाङ्गो नाच, नौटंकीले हामी शहिद परिवारलाई भावविभोर बनाएको छ । संविधान जारी गरेपनि हाम्रो सपनाको एउटा हिस्सा पूरा हुने थियो । देशलाई चाहिएको नेता जन्मिएका रहेनछन् । निरङ्कुशको विरुद्ध बलिदान दिनेहरुप्रति सम्मान जनाउँछु । मेरो विचारमा अब देशमा नयाँ निरङ्कुशको जन्म भएको छ ।

०६४ को निर्वाचनमा चार वर्षसम्म गरिब जनताले तिरेको कर खाए, संविधान दिएनन् । अर्को चुनाव भयो गत माघ ८ गते मध्यरातसम्म संविधान जारी हुन्छ कि भन्ने आशामा बसियो । आँखा झन् रसायो । आन्दोलनका क्रममा घाइते, आपाङ्ग अझै जिउँदो शहिदको रुपमा बाँचिरहेका छन् । राज्यबाट कुनै सहयोगको आशा छैन । दलीय थेगो बनाइयो ‘शहीद’ । शहिदका लागि धरै गरेका छौं भन्दै भ्रम छरिरहेका छन् । यिनीहरुलाई राष्ट्र र जनताको माया छैन । बहस गर्नुपर्नेमा द्वन्द्व भएको छ । नेताको आर्थिक उन्नति चौगुनाले बृद्धि भएको छ । जनता चौगुना गरिब भएका छन् । शहिदको सपना विलिन भएको छ । अब देशमा जातीय सद्भाव, राष्ट्रिय एकता खलबलिन्छ कि भन्ने डर छ । शहिद लखन थापा, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, दशरथ चन्द सम्झन्छौं । शहिदको सपना पूरा गर्न यो स्थितिमा नेपाली राजनीतिक दललाई गाह्रै छ ।

(शहिद पिता केदार गिरीसँगको कुराकानीमा आधारित)