इलाम १६ माघ । बाली प्रथा हटाउन इलामको विर्तामोडमा टेलरिङ सेन्टर सञ्चालन गरिएको छ ।
दमाइ जातिको बाली प्रथाको रुपमा मात्रै सिमित रहेको लुगा सिउने कामलाइ व्यावसायिकता दिने उद्देश्यले विर्तामोडमा टेलरिङ सेन्टर सञ्चालनमा आएको हो ।
इलाममा बाली प्रथाको काम गर्दै आएको दमाइ जातिहरुको सिपलाइ व्यावसायिकता दिने र समाज रुपान्तरण गर्ने तयारीको साथ विर्तामोडमा शुक्रबारबाट न्यु मोर्डन सटिङ सुटिङ एण्ड टेलरिङ सेन्टर सञ्चालनमा ल्याइएको छ ।
टेलरिङको लाइ झापा उद्योग बाणिज्य संघ विर्तामोडका प्रथम उपाध्यक्ष कुमार भट्टराईले एक काय्रक्रमका विच उद्घाटन गर्नुभएको थियो ।
विर्तामोड ओली भवनमा दश लाख रुपैयाको लगानीमा टेलरिङ सेन्टर सञ्चालन गरिएको छ । यो टेलरिङले गाँउ गाँउमा रहेको सिप भएको र व्यावसायिकता गर्न नजानेको दमाइ दाजुभाइलाइ ल्याएर व्यावसायिकता दिने लक्ष्य राखेको छ ।
न्यु मोर्डन सटिङ सुटिङ एण्ड टेलरिङका सञ्चालक तथा नेपाल कपडा तथा सिलाइ वुनाइ व्यावसायी सघका केन्द्रिय सचिव दिपक खत्रीले सधै बाली प्रथामा रहनु परिवर्तन होईन्, अब शहर पसेर भएपनि व्यावसायिकतामा अगाडि बढ्नुपर्छ, त्यसका लागि हातेमालो गर्नु आवश्यक रहेको बताउनुभयो ।
७० प्रतिशत सिलाईको काम नेपालमा दमाई जातिले गरिरहेको तथ्याङ्क छ । तर उनीहरुले व्यावसायिकरण गर्न नसकेको सचिव खत्रीको भनाई थियो ।















प्रतिक्रिया