११ कार्तिक २०८३, बुधबार

यस्तो रहेछ पूर्वमन्त्रीको भित्री धन्दा, फस्ने पक्का

994
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ मंसिर । अख्तियारले पूर्वमन्त्री एव‌ं राप्रपा (प्रजातान्त्रिक)का नेता विक्रम पाण्डेलगायत ३ जना पूर्वआयोजना प्रमुख, हालका आयोजना प्रमुख र ९ जना उपसचिवस्तरका इन्जिनियरमाथि मुद्दा दायर गरेको छ ।

अख्तियारका अनुसार पाण्डेविरुद्ध २ अर्ब १३ करोड रुपैयाँ बिगो माग दाबी छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

पाण्डे गत निर्वाचनमा कांग्रेसको समर्थनमा चितवन ३मा उम्मेदवार बनेका थिए । तर, तत्कालीन एमाले र माओवादी केन्द्रको गठबन्धनका बलिया उम्मेदवार पुष्पकमल दाहाल प्रतिस्पर्धी बनेपछि पाण्डे पराजित भए । उनी पूर्व वनमन्त्रीसमेत हुन् ।

वर्तमान आयोजना प्रमुख सर्वदेवप्रसाद, सिडिई मिनराज ढकालविरुद्ध पनि भ्रष्टाचारविरुद्धको मुद्दा दायर भएको छ। उनीहरुमाथि बिगी माग दाबी छैन।

पूर्वआयोजना प्रमुख शरदचन्द्र पण्डितमाथि ५९ करोड ३४ लाख, दिलीपबहादुर कार्कीमाथि १ अर्ब ५६ करोड, रमेश बस्नेतमाथि २ अर्ब १२ करोड बिगो, मागरदाबी छ।

सिडीईहरु सूर्यदेव थापा, योगेन्द्र मिश्र, श्यामबहादुर कार्की, सुशीलचन्द्र देवकोटा, कृष्णप्रसाद सुवेदी, प्रेमराज घिमिरे, वीरसिंह धामी, प्रकाशबहादुर कार्कीलाई पनि भ्रष्टाचार मुद्दा लगाइएको छ।

सिँचाइ विभागका इन्जिनियरहरु कमलप्रसाद रेग्मी, रविनाथबाबु श्रेष्ठ, आशिषभन्द्र खनाललाई पनि प्रतिवादी बनाइएको छ ।

कालिका कन्स्ट्रक्सनका युवराज क्षेत्रीमाथि पनि मुद्दा दायर भएको छ। त्यसैगरी, उद्धवराज चौलागाईं, हेमनिधि शर्मा र अरुणकुमार चौधरीमाथि पनि भ्रष्टाचार मुद्दा छ ।