२ कार्तिक २०८३, सोमबार

१५० सभासद्ले ४५० लाई घुर्की लगाउन मिल्दैन : बामदेव गौतम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bamdev-Gautam

काठमाडौँ, १६ माघ । उपप्रधान एवं गृहमन्त्री बामदेव गौतमले एमाओवादी नेतृत्वमा रहेका १५० सभासद्ले ४५० सभासद्लाई घुर्काउन नमिल्ने तर्क गर्नुभएको छ ।

स्वर्गद्धारी प्युठान दोस्रो महोत्सव–२०७१ को बारेमा जानकारी दिन रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री गौतमले लोकतान्त्रिक विधि र प्रक्रियामा बहुमतको उच्च कदर हुनुपर्ने ठाउँमा अल्पमतले बहुमतलाई खेलाउन खोजेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो–‘संविधानसभाभित्र रहेका १ सय ५० जना सभासदहरुले ४ सय ५० जनालाई घुर्की लगाउन मिल्दैन, तीन चौथाई सभासदहरुले अघि बढाएको प्रक्रियाबाटै मुलुकले नयाँ संविधान पाउँछ, म यसमा पूर्णरुपमा विश्वस्त छु ।’

नेकपा एमालेका उपाध्यक्ष समेत रहेका गौतमले प्रक्रियाबाटै आगामी चार महिनाभित्रमा नै मुलुकले नयाँ संविधान पाउने ठोकुवा गर्नुभयो ।

विपक्षी एमाओवादी र मधेशवादीदलहरुले संविधानसभाबाट संविधान जारी नचाहेको उल्लेख गर्दै भन्नुभयो, ‘हामीले त उहाँहरुलाई संविधान लेखनको यो महान अभियानमा सहभागी हुन आग्रह गरिरहेका छौं, अब उहाँहरु आउनु भएन भने जनताबाट बहिष्कार हुने निश्चित छ ।’

संविधान जारी भएपछि मुलुक सामाजिक आर्थिक रुपान्तरणमा लाग्ने भन्दै उहाँले नयाँ संविधान जारी भएपछि सुन्दर नेपाल बन्ने विश्वास पनि व्यक्त गर्नुभयो ।