३ कार्तिक २०८३, मंगलबार

सिटिजन्सद्वारा प्रारम्भलाई एक लाख रुपैयाँ आर्थिक सहयोग

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २० मंसिर । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले निःस्वार्थ भावले विभिन्न सामाजिक गतिविधि गर्दै आएको प्रारम्भ नामक गैर सरकारी संस्थालाई आर्थिक सहयोग प्रदान गरेको छ । बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीको उपस्थितिमा बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले रू एक लाखको चेक संस्थाका संचालक कल्पना क्षेत्रीलाई हस्तान्तरण गरिन् ।

यो रकमबाट काभ्रेको भकुन्डेबेसीमा स्वास्थ्य शिविर संचालन गरिएको छ । स्वास्थ्य शिविरमा करिव एक हजार जनाको निःशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथैे आवश्यक औषधीहरु समेत निःशुल्क वितरण गरिएको छ । गाउँगाउँमा शिविरको आयोजना गरी रोगको उपचार मात्र नभएर रोगको रोकथाम गर्ने उद्देश्य अनुरुप शिविरको आयोजना गरिएको हो ।

अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका लागि विभिन्न कार्यक्रम संचालन तयारी गरेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८० वटा शाखा, ७५ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ एकाईहरुबाट करिव तीन लाख पचास हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

आफ्ना ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटीएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।