४ कार्तिक २०८३, बुधबार

न्युयोर्क हवाई सेवाको एक दशकको अवसरमा कतार एयरवेजको निजी डिनर

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० मंसिर । न्युयोर्कसम्मको हवाई सेवा सफलतापूर्वक एक दशक पार गरेको अवसर मनाउन कतार एयरवेजले हालै प्रमुख उद्योग व्यवसायी तथा राजनीतिक उच्चाधिकारीहरुको उपस्थितिमा ऐतिहासिक एवं प्रख्यात स्थल किप्रियानीमा निजी डिनर कार्यक्रमको आयोजना गरेको छ ।

समारोहमा कतार राज्यका उप–प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानी सहित संयुक्त राष्ट्र संघका लागि कतार राज्यकी स्थायी प्रतिनिधि शेखा अल्या अल थानी, संयुक्त राज्य अमेरिकाका लागि कतार राज्यका राजदूत शेख मेशाल बिन हमाद अल थानी एवं कतार लगानी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत मन्सुर अल महमुदको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रममा कतार एयरवेज ग्रुपका प्रमुख अकबर अल बकरले यो अवसर निकै महत्वपूर्ण रहेको बताए । ‘एक दशक अघि अमेरिकामा हाम्रो पहिलो प्रवेशद्वार न्युयोर्क रहेकोले यहाँका नागरिकहरुसँग हाम्रो एक विशेष नाता रहेको छ । हाम्रो सेवामा प्रयोग भएका अमेरिकी विमानहरु त्यहाँको उत्पादनप्रतिको हाम्रो विश्वासको एक प्रमाण पनि हो’, उनले भने, ‘हालसम्म अमेरिकी अर्थव्यवस्थामा हामीले पु¥याएको योगदानका लागि हामी निकै गौरवान्वित छौँ ।’