
काठमाडाैँ, २० मङ्सिर । गीतकार एवं गजलकार निर्मल पुरी भोगीको शब्दमा रहेको डान्सिङ गीत युट्युव मार्फत सार्वजनिक भएको छ ।
झ्याप्पै तिमीलाई बोलको गीत भिमफेदी गाईजको युट्युव च्यानलबाट सार्वजनिक भएको हो । गीतको भिडियोमा एलिशा राई र भिमफेदी गाईजका कलाकारहरुले अभिनय गरेका छन् ।
पवन सुस्लिङको क्यामेरा तथा सम्पादन रहेको गीतको भिडियोलाई निर्मल लामाले निर्देशन गरेका हुन् । भोगीको शब्द रहेको गीतमा फुर्वा तामाङको स्वर रहेको छ भने बबुल गिरीको सँगित र एरेन्ज रहेको छ ।
हेर्नुहाेस् भिडियो















प्रतिक्रिया