३१ आश्विन २०८३, शनिबार

यौन दुर्व्यवहार गर्ने पाँचजनालाई पाँच वर्षको जेल सजायको फैसला

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मड्रिड, २० मंसिर । स्पेनका एउटा अदालतले बुधबार यौन दुर्व्यवहार गर्ने पाँच जनालाई नौ वर्ष जेल सजायको फैसला गरिदिएको छ ।

एक जना महिलालाई सामूहिक रूपमा यौन दुर्व्यवहार गरेको ठहर गर्दै अदालतले उनीहरूलाई जेल सजायको फैसला गरेको अधिकारीहरूले जनाएका छन् ।

उनीहरूमध्ये केहीले ती महिलालाई सामूहिकरूपमा बलात्कारसमेत गरेको पाइएको अदालतको भनाइ छ ।

बलात्कारमा परेकी महिलाको उमेर १८ वर्ष रहेको र पाम्प्लोनामा रहेको एउटा आवासीय भवनको प्रवेशद्वारमा घटना भएको थियो ।

एक हप्ता लामो सान फेरमीन बुल रनिङ पर्वको बेला सन् २०१६ को जुलाई ७ तारिखका दिन घटना भएको बताइएको छ ।