मुम्बई । पछिल्लो समय भारतमा यौन भन्दा चलाउने गुरुहरु रंगेहात पक्राउ परिरहदा ‘चल गुरु हो जा सुरु’ आउने भएको छ ।
धर्मका नाममा यौन धन्दा गराउने गुरु तथा बाबाको कथामा बनेको चलचित्र ‘चल गुरु हो जा शुरू’ रिलिज हुन लागेको हो ।
पछिल्लो समय आमिर खानको चलचित्र ‘पीके’ले विश्वमै बबाल मच्चायो । ‘पिके’ले धार्मिक ‘मैनेजरों’ को कटाक्षलाई दर्शकले औधी मन पराए ।
अब धर्म–गुरु र बाबाहरु को पोल खोल्ने कथामा आधारित एक अर्काे फिल्म ‘चल गुरु हो जा शुरू’ निर्माण भएको छ ।
खबरअनुसार ‘चल गुरु हो जा शुरू’ रिलीजका लागि समेत तैयार भएको छ ।
यस फिल्ममा पनि धर्म गुरु र बाबाहरुले आश्रममा गर्ने कारामत को देखाउने छ । भक्तजनहरुलाई अन्धविश्वास भ्रमण फैलाउनेलाई कटाक्ष गरेर फिल्ममा कहानीलाई मुख्य आधार बनाइएको छ ।













प्रतिक्रिया