
काठमाडौं, १८ मंसिर । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत मंगलबारको खेलमा सिएमजी संकटा क्लब विजयी भएको छ । संकटाले नेपाल पुलिस क्लबलाई २–१ ले पराजित गरेको हो ।
मंगलबारको जितसँगै संकटा लिगको दोस्रो स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा संकटालाई जित दिलाउन सरोज दाहाल र दिपेश आले मगरले एक एक गोल गरे । पुलिसका रबी पासवानले एक गोल फर्काएपनि टोलीको हार टार्न सकेनन् ।















प्रतिक्रिया