१२ कार्तिक २०८३, बिहिबार

जनता मुद्दती निक्षेपमा वार्षिक १२ प्रतिशत ब्याज

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ मंसिर । जनचता बैंक लिमिटेडले समकालिन वित्तीय बजारलाई मध्येनजर गर्दै निक्षेपमा दिइने ब्याजदर समायोजन गरेको छ । मुद्दती निक्षेपमा ग्राहकहरुले अहिले सम्मकै सर्बाधिक ब्याज पाउने बैंकले जनाएको छ ।

मासिक ब्याज पाँउने गरी जनता मुद्दती निक्षेपमा वार्षिक १२% ब्याज दर कायम गरिएको बैंकले उल्लेख गरेको छ । यसका लागि ग्रहाकहरुले न्यूनतम १ लाख रुपैयाँमा ७५ दिन र सो भन्दा बढीको लागि मुद्दती खाता खोल्न सक्ने बैंकले जानकारी दियो ।

यस्तै बैंकको सम्पूर्ण बचत खाताको ब्याजदर बार्षिक ७% कायम गरिएको पनि बैंकले जनाएको छ । उक्त ब्याज दर मंसिर १९ गते बुधबारदेखि लागू हुने छ ।