
काठमाडौं, १८ मंसिर । झापाको बिर्तामोडमा एनआईसी एशिया बैंकको नयाँ शाखा खुलेको छ । बिर्तामोड नगरपालिका–३, बिर्ताबजारमा बैंकले नयाँ शाखा स्थापना गरेको हो ।
बिर्ताबजार शाखाको बिर्तामोड नगरपालिका नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले मंगलबार एक कार्यक्रमकाबीच उद्घाटन गरे ।
योसँगै बैंकका मुलुकभर २ सय ६८ शाखा कार्यालयहरु भएका छन् । यस्तै बैंकले २ सय ८१ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं १९ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।















प्रतिक्रिया